काठमाडौं – गत आर्थिक बर्ष ०७६/७७ नेपालमादेखि रु. ५ अर्ब ८४ करोड बराबरको रेमिट्यान्स बाहिरीएको छ । भारत, चीन लगायतका मुलुकबाट रोजगारीका लागि नेपालका आएका कामदारले औपचारिक माध्यमबाट सो बराबरको रेमिट्यान्स बाहिर पठाएका हुन् ।
यद्यपि, अनौपचारिक माध्यमबाट बाहिरीने रकम यो भन्दा बढी भएको बताइन्छ । प्राय भारतदेखि निर्माण क्षेत्र, सुनचाँदी पसल लगायतका क्षेत्र काम गर्न कामदार आउछन् । उनीहरुले आफुले कमाएको पैसा अनौपचारिक रुपमा अर्थात् नगदमा नै लाने गर्छन् । बिशेषगरि बैंक, ठुला ठुला कम्पनीहरु तथा आयोजनाहरुमा काम गर्ने कामदारले औपचारीक माध्यमबाट पैसा पठाउछन् ।
गत आवमा बाहिरीको रेमिट्यान्स अघिल्लो आवको तुलनामा कम हो । अघिल्लो आवको रु. ८ अर्ब ८० करोड रेमिट्यान्स बाहिरीएको थियो ।
बिशेषगरि कोरोना कै कारण विदेशी रेमिट्यान्स घटेको बताइएको छ । नेपालमा चीनबाट पनि अत्याधिक मात्रामा कामदार आउछन् । बिशेषगरि हाइड्रो आयोजनामा काम गर्न उनीहरु आएका हुन्छन् । तर, कोरोना कारण गत मंसिरदेखि चिनियाँ कामदार नेपाल आउन सकेका छैनन् । फलस्वरुप रेमिट्यान्स उतप्रवाह घटेको हो । राष्ट्र बैंककाअनुसार अहिले चिन लगायतका मुलुकमा जाने रेमिट्यान्स घटेको छ ।
प्रतिक्रिया