मामाले भान्जी, नातीले हजुरआमा बालात्कार गर्नुको कारण रक्सीः गृहमन्त्री काठमाडौं

७ बर्ष अगाडि

 
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कार र हत्यामा संलग्न दोषी छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् ।  संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले घटनाबारे अझैं अनुसन्धान भइरहेको बताए ।  ‘निर्मला हत्या र बलात्कारको घटनामा हिजोमात्रै उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ  । 

दोषीलाई छिट्टै काुनी दायरमा ल्याउँदै छौं । यसबारे अझैं अनुसन्धान भइरहेको छ’, गृहमन्त्रीले भने ।  निर्मला पन्त प्रकरणसहित अन्य यौन हिंसा, हत्या लगायतका घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही  गरिने बताउँदै थापाले  रौतहत र नवलपरासीमा महिलामाथि एसिड आक्रामण गर्नेलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए ।  निर्मला हत्याको २ दिनपछि नै सीआईबीलाई अनुसन्धानको लागि त्यसतर्फ पठाइएकोमा सुरक्षाकर्मीकै गल्तीका कारण छानबिनमा ढिलाइ हुन पुगेको उनले स्वीकारे । 

उनले गल्ती गर्ने तत्कालिन प्रहरी प्रमुखसहितका अधिकारीहरुलाई निलम्बन गरेर छानबिन टोली पठाएको पनि समितिमा जवाफ दिए ।  

 उनले सरकार गठनपछि मात्र यस्ता खालका घटना नघटेको दाबी गर्दै अहिले जनतामा आएको चेतानाका कारण यस्ता खालका घटना बढी मात्रामा सतहमा आएको बताए । 

 ‘सामाजिक, सांस्कृतिक चेतनाका कारण पनि यस्ता घटना घटेका छन् ।  हाम्रो पितृ सत्तात्मक पुँजीवादी सोचले यस्ता घटना घटेका छन्’ गृहमन्त्रीले भने, ‘पुँजीवादी समाजले महिलालाई भाग विलासको साधन मान्छ । यौन तृप्त गर्नका लागि यहाँबाट महिलाहरु विक्री भइरहेका छन् । नेपालमा मात्रै होइन विशवमा नै यसको समस्या छ ।’ 

 उनले भने, ‘मामाले भान्जी, तातीले हजुरआमालाई बलात्कार गरेको घटना आइरहेको छ । यसको कारण अनियन्त्रित मदिरा विक्रि र सेवन हो । अर्को कारण इन्टरनेटमा विकृति फैलाउने सामग्री छन् । यसको प्रयोगले पनि यस्तो घटना बढेका छन् ।  पुँजीवादी र सामन्ती चिन्तनका कारण पनि यस्ता घटनालाई जन्माइरहेको उनको भनाई थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया