काठमाडौं – सिभिल लघुवित्त वित्तिय संस्थाको हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएको छ । आवश्यक मात्रामा आवेदन नआएपछि लघुवित्तले १५ दिन म्याद थप गरेको हो ।
अब सम्बन्धीत लगानीकर्ताले भदौ २९ गतेसम्म सम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत साउन २५ गते देखि १ः१ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता शेयर निष्काशन गरेको थियो । यसअघि कम्पनीले भदौ १४ गतेसम्म आवेदन दिन सक्ने भनेको थियो । त्यसपछि सञ्चालक समितिले १५ दिन म्याद थप गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार १५ देखि बुक क्लोज गरेको छ ।
यस हकप्रद शेयरको विक्री प्रवन्धक सेञ्चुरी क्यापिटल मार्केट्स रहेको छ ।
प्रतिक्रिया