कोरोनाका कारण मृत्यु हुने १७५ पुगे, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

५ बर्ष अगाडि

नेपालमा कोरोना भाइरसंक्रमणका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोेना संक्रमणबाट १७५ जनाको मृत्यु भएको हो ।

कोराना संक्रमणका कारण नेपालमा एकैदिन ११ जनाको मृत्यु भएको यो दोश्रो पटक हो । यसअघि गत भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो। 

८८५ जना संक्रमित 

तस्तै कोरोनाभाइरसबाट  पछिल्लो २४ घण्टामा थप ८८५ जना संक्रमित भएका छन् । या संगै आज कुल सङ्क्रमित सङ्ख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधवार थपिएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका ३०१ जना छन्। त्यसमध्ये काठमाडौं जिल्लाका मात्र २३० जना छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया