गएको २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

५ बर्ष अगाडि

नेपालमा गएको २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार ३ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या  १९ हजार ५ सय ४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ। संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३९ जना रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया