३ महिनामा मोवाइल बैंकबाट साढे ४१ अर्बको कारोबार

५ बर्ष अगाडि

काठमाडौं –  बर्ष २०७७ को पहिलो ३ महिनामा मोवाइल बैंकिङ मार्फ रु. ४१ अर्ब ४९ करोड ३० लाखको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो एक तथ्यांकले यस्तो देखाएको हो । 
राष्ट्र बैंककाअनुसार गत बैशाख देखि असारसम्म मोवाइल बैंकिङबाट १ करोड ५६ लाख ५६ हजार ४२६ पटक कारोबार भएको छ ।  पछिल्लो समय मोवाइल बैंकिङ मार्फत हुने कारोबार बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ । 
नेपालमा कोरोना भाइरसको त्रास पनि बढ्दै गए पछि मोवाइल बैंकिङको प्रयोग बढ्न थालेको हो । कोरोनाबाट बच्न आम मानिसहरु बैंकमा नगएर अनलाइन मार्फत नै कारोबार गर्न सुरु गरेको छन्, फलस्वरुप अहिले मोवाइल बैंकिङ कारोबार बढ्दै गएको हो । 
मोवाइल बैंकिङ मार्फत बैशाखमा ८ अर्ब ६४ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । यसैगरि बैशाखमा रु. १४ अर्ब १ करोड ३० लाख र असारमा १८ अर्ब ८३ करोड ९० लाखको कारोबार भएको देखिन्छ । 
राष्ट्र बैंककाअनुसार असारमा ४६ लाख ४१ हजार ५०४ पटक मोवाइल बैंकिङ मार्फत कारोबार भएको छ । यस्तै, जेठमा ५१ लाख ९६ हजार २४१ र असारमा ५८ लाख १७ हजार ६८१ पटक मोवाइल बैंकिङको प्रयोग भएको छ । बिशेषगरि रिचार्ज, इन्टरनेटको बिल तिर्न, रकम ट्रान्सफर गर्ने लगायतका काममा यसको प्रयोग बढेको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया