काठमाडाैं, ललितपुर र भक्तपुरमा भदाै १७ सम्म निषेधाज्ञा

५ बर्ष अगाडि

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएकाे छ। भदाै ३ गतेेदेखि १० गतेराती १२ बजेसम्मका लागि जारी गरीएकाे  निषाेधाज्ञा भदाै १७ सम्म थप गरीएकाे हाे । 

उपत्यकाभित्रका तीनवटै जिल्लका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। प्रशासनले निषेधाज्ञा कडाइका साथ पालना गर्न अनुरोध गरेको छ। निषेधाज्ञा अवज्ञा गर्नेलाई कारबाही समेत गर्ने चेतावनी दिएको छ।

निषेधाज्ञा र संक्रमणको अवस्था बारेमा छलफल गर्न मंगलवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेको थियो। बैठकमा १० गतेसम्मको निषेधाज्ञालाई भदौ १७ गते सम्म कायम गर्न सहमत भएका हुन्। निषेधाज्ञाका समयमा निम्न कुराहरुमा प्रतिबन्ध लगाइएको छ।

१.औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन।

२. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न ।

३. अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेश गर्न।

४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न।

५. कोभिड-१९ को संकमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सवारी साधन सञ्चालन गर्न।

६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, दूग्ध जन्य पदार्थ साथै दुग्ध जन्य पदार्थ प्याकेजिङका सामग्री, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुनरस्यानिटाइजर लगायतका सामग्रीहरु, अस्पताल जाने आउने बिरामी, दाह संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न।

७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेलारजम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न।

८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न।

९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टियूशन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न।

१०।सबै प्रकारका सभा,सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस,सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, मनोरञ्जनस्थल, शैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न।

११. फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यापाररव्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न।

१२. होटेल, रेष्टुरा सञ्चालन गर्न गराउन।

१३. अत्यावश्यक वस्तु र सेवा मध्ये औषधी ,पानीमात्र बेचविखन गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा खुल्ला राख्न सकिने।

१४. अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु दूध र दुग्धजन्य पदार्थ फलफूलरतरकारी माछा मासु आदि विक्री वितरण गर्ने पसलहरु बिहान ९स्१५ बजेसम्म खोल्न सकिने।

१५. बैकिंङ्ग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ। सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा सीमित रही आवश्यक सेवा प्रवाह गर्न सक्नेछ।

१६. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ।

१७. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, स्वीकृत हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ। साथै, १८। अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारबाही हुनेछ।

१९. यस आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।

२०. माथि उल्लेखित अत्यावश्यक वस्तु तथा सेवाको व्यापाररव्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक भौतिक दुरी कायम राख्ने माक्स र स्यानिटाईजर प्रयोग गर्ने लगायतका नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्ने गराउने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया