कोरोना भाइरसको संक्रमणबाट ललितपुर र बाँकेमा उपचाररत २ जनाको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षका पुरुष र बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
काठमाडौंका पुरष गत साउन २३ गतेदेखि ललितपुरको पाटन अस्पतालमा उपचाररत रहेकोमा गएराती साढे ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
त्यस्तै बाँकेका पुरुष भने दुवै फोक्सोमा निमोनियाको समस्या भएपछि भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
त्यहाँ उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया