नेपालमा दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्दो छ । सरकारले पर्याप्त सुरक्षाको व्यवस्था गर्न र सुरक्षाका उपाय अपनाउन मातहतका सरकारी गैरसरकारी निकाय तथा सर्वसाधारणलाई आग्रह गरिरहेको छ ।
तर नेपालका बैंकहरुले सरकारको निर्देशन नमानेर ग्राहकलाई कोरोना भाइरसको संक्रमणको जोखिममा राखेका छन् ।
कोरोना संक्रमणको बढी जोखिम हुने स्थान मध्येको एटीएम बुथमा सेनिटाईजर तथा टिस्यू पेपर राख्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएपनि बैंकहरुले अटेरी गर्दै ग्राहकलाई जोखिममा राखेका हुन् ।
राष्ट्रबैंकले एटीएम मेशिन प्रयोग गर्दा कोरोना संक्रमणको जोखिम हुँने भएकाले बैंकहरुलाई सबै एटीएममा अनिवार्य सेनिटाइजर र टिस्यु मौखिक निर्देश दिएको बताएको छ ।
‘एटीएम मेशिन प्रयोग गर्दा कोरोना संक्रमणको जोखिम हुँने भएकाले बैंकहरुलाई सबै एटीएममा अनिवार्य सेनिटाइजर र टिस्यु मौखिक निर्देश दिइएको छ,’ राष्ट्र नियमन विभागका कार्यकारी निर्देश देवकुमार ढकालले भने ।
निर्देशनको पालना भए नभएको प्रहरी तथा राष्ट्र बैंकले अनुगमन गर्ने र र निर्देशन पालना नगर्ने बैंक कारावाहीमा पर्ने ढकालको भनाई छ ।
तर अधिकांश बैंकका एटीएम बुथमा सेनिटाइजर छैन । बैंकको शाखासँगै रहेको एटीएम बुथमा सुरक्षा गार्डले सेनिटाइजर दिने भएपनि छुट्टै बुथमा कतैपनि सेनिटाइजर नराखिएको ग्राहकहरुको गुनासो छ ।
बैंकहरुको एटिएम बुथ सानो र साघुरो हुने तथा त्यस्तो ठाँउमा कुनै संक्रमित व्यक्तिले एटीएम प्रयोग गरेको भए अन्यलाई संक्रमणको जोखिम पनि बढी हुने हुँदा उच्च सुरक्षा अपनाउनुपर्ने बताइएको छ ।
तर कतिपय बैंकहरुले एटीएम बुथ अलग्गै हुने भएकोले सेनिटाइजरकै दुरुपयोग भएर पु¥याउन नसकिने भएकोले नराखिएको तर्क गर्छन । तर एटीएम बुथहरुमा सुरक्षा गार्ड अनिवार्य गर्नुपर्ने नेपाल राष्ट्रबैंको निर्देशन पनि पालना नगरेका उनीहरुको तर्क गलत छ । एटीएम बुथमा चोरी बढेपछि नेपाल राष्ट्रबैंकले गतवर्ष हरेक एटीएम बुथमा सुरक्षा गार्ड राख्न निर्देशन दिएको थियो । तर बैंकहरुले उक्त निर्देशन पालना गरेका छैनन् ।
ग्राहकले ढोका खुल्लै राखेर एटीएम प्रयोग गर्नुपर्ने
एटिएम प्रयोग गर्दा कोरोना भाइरसबाट सुरक्षित रहनका लागि प्रयोगकर्ताले एटिएम बुथको ढोका खुल्लै राखेर पैसा पनि राष्ट्रबैंकले आग्रह गरेको छ ।
कोरोना भाइसरको संक्रमणको जोखिम बन्द एटिएममा बढी भएको हुँदा सो आग्रह ग्राहक गरिएको राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक ढकालले बताए ।
ढोका खुल्ला राख्दा हावा राम्रोसँग एटिएम बुथमा आवतजावत हुने र जोखिम कम हुने उनको भनाई छ ।
ग्राहकले ढोका खुलै राखेर एटिएम प्रयोग गर्दा पिन नम्बर जिउले ढाकेर प्रयोग सक्नेछन् ।
राष्ट्र बैंकले दिएको निर्देशन पालना उनले जानकारी दिए ।
प्रतिक्रिया