ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने कुनै निर्णय निर्णय नभएकाे बताएका छन्र ।
विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको समाचार सार्वजनिक भएपछि मन्त्री पुनले यस्ताे जानकारी दिएका हुन् । उनले मन्त्रालयबाट हालसम्म मन्त्रीपरिषदमा प्रस्ताव लगिनसकेकाे समेत प्रष्ट पारेका छन् ।
०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।
उनी कार्यकारी निर्देशक हुनुअघि देशमा दैनिक १८ घण्टासम्म लोडसेडिङ थियो । घिसिङ आएसँगै देश लोडसेडिङ मुक्त बन्नुका साथै प्राधिरकण नाफामा समेत गएपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग हुँदै आएको छ ।
प्रतिक्रिया