कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु

५ बर्ष अगाडि

नेपालमा गएको २४ घण्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या १६४  पुगेको छ।

अहिले देशभरि १४,२५० जनामा सक्रिय सङ्क्रमण रहेको डा। गौतमले बताए।

तीमध्ये ५,६६९ जना घरमै र बाँकी ८,५८१ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३१३ सङ्क्रमित निको भएका छन्। कुल निको हुनेको सङ्ख्या १९,११९ जना छ।

५ बर्ष अगाडि

प्रतिक्रिया