काठमाडौंमा लगाइएको निषेधाज्ञा हटाउने वा थप्ने भन्ने निर्णय लिन बैठक बस्दै, एकसाता लम्बाउने सम्भावना

५ बर्ष अगाडि

काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाबारे थप निर्णय लिन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखको बैठक मंगलबार बस्न लागेको हो । 

बैठकले भदौ ३ गतेदेखि एकसाताका लागि लगाएको निषेधाज्ञा थप्ने वा हटाउनेबारे निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । निषेधाज्ञाको समय भोली १० गतेदेखि सकिँदैछ।

स्रोतका अनुसार निषेधाज्ञा अर्को एकहप्ता थप हुने सम्भावना छ । निषेधाज्ञा प्रभावकारी भएको सरोकारवालाहरुको प्रतिकृया र हिँजो सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया