नेपालभर बाणिज्य बैंकहरुका ४ हजार बढी शाखा, तर ६ स्थानीय तह अझै बैंक बिहिन

५ बर्ष अगाडि

काठमाडौं – नेपालभर २७ बाणिज्य बैंकले ४ हजार ४३६३५ शाखा विस्तार गरेका छन् । तर, यतिका शाखाले अझै ६ स्थानीय शाखालाई छुन सकेका छैन्न 

हाल नेपालमा ७५३ ओटा स्थानीय तहमा छन् । त्यसमध्ये असारसम्म ७४७ स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकलाई बिभिन्न स्थानीय तह तोक्दै २०७५ असारसम्ममा त्यहाँ शाखा विस्तार गर्न निर्देशन दिएको थियो । तर, अझै बाणिज्य बैंकहरूले ६ स्थानीय तहमा शाखा विस्तार गर्न सकेका छैनन् । 
बाणिज्य बैंकहरुले दुर्गम ठाउँहरूमा शाखा विस्तार गर्न समस्या भएको बताउँदै आएका छन् । यद्यपि, तोकिएको ठाउँमा शाखा विस्तार गर्ने बैंकहरुको भनाइ छ । दुर्गम ठाउँमा शाखा विस्तार गर्न बैंकहरुलाई प्रावधिक समस्या देखिएपछि राष्ट्र बैंकले यसमा पनि कडाई गरेको छैन ।

प्रदेश न. १ का १, प्रदेश न. ३ मा २, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा २ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । यस बाहेक सबै प्रदेशका सबै स्थानीय तहमा बैंकको शाखा पुगेका छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया