लक्ष्मी बैंक, आयल निगम र खाद्य संस्थानका पूर्व अध्यक्ष बाणिज्यबैंकको अध्यक्ष बन्दै, अनुभवी व्यक्ति आएको भन्दै खुसीयाली

५ बर्ष अगाडि

सरकारले विभिन्न सरकारी संस्थान तथा बैंकहरुमा अध्यक्ष पद सम्हालेको जिम्मेवार व्यक्तिलाई राष्टिय वाणिज्य बैंकको अध्यक्ष बनाउने भएको छ । 

लक्ष्मी बैंक, नेपाल आयल निगम, खाद्य संस्थान तथा उच्च माध्यमिक शिक्षा परिषदको अध्यक्ष सहित मध्यपश्तिमाञ्चल  विश्वविद्यालयको उपकुलपति बनेका प्राडा उपेन्द्र कोइरालालाई सरकारी बैंक राष्टिय वाणिज्य बैंकको अध्यक्ष बनाउन लागिएको हो । 

अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका उनी भोली बुधबारको सञ्चालक समिति बैठकबाट अध्यक्ष चयन हुने निश्चित भएको छ । 

बैंक तथा विभिन्न संस्थानहरुमा नेतृत्व सम्हालेको अनुभवि व्यक्तिलाई अध्यक्ष बनाउनका लागि बाणिज्य बैंकका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्यमा नियुक्ति गरीएको छ । 

२०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भएका प्राध्यापक डा. कोइराला त्यसपछि महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनेका थिए । 

त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भएका उनी नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएर जिम्मेवारी सम्हालेका व्यक्ति हुन् । 

त्यसको केही समयपछि उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षको जिम्मेवारी निभाएका कोइराला लक्ष्मी बैंकको अध्यक्ष समेत भएका व्यक्ति हुन् । 

त्यसको केहीसमयपछि मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपति भएका उनी सार्वजनिक संस्थान, बैंक तथा सरकारी निकायको नेतृत्वमा सफल व्यक्ति मानिन्छन् । त्यसैले उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइएको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया