काठमाडौं – गत आर्थिक बर्षमा औसत उपभोक्ता मुल्यबृद्धि (मुद्रास्फीति) ६.१५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बियक प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो आव मुल्यबृद्धि ४.६४ प्रतिशत थियो ।
यस्तै, २०७७ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । २०७६ असारमा यस्तो मुद्रास्फीति ६.०२ प्रतिशत रहेको प्रतिशत रहेको थियो । यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति भने ८.१६ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ३.०९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.८६ प्रतिशत रहेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ४.८६ प्रतिशत, ४.२६ प्रतिशत, ५.०० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया