समाज लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

५ बर्ष अगाडि

काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ५ लाख ६४ हजार १३८ जनाले आवेदन दिएका छन् । आवेदन खुल्ला गरेको अन्तिम दिन अर्थात् सोमारसम्म यतिका आवेदकले आवेदन दिएको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । 

उनीहरुले रु. १ करोड १९ लाख ८९ हजार ५० कित्ता शेयरका लागि आवेदन दिएका छन्, १४८.५६ गुणा बढी हो । यसमा बैंकबाट आएका आवेदन थपीने पनि बताइएको छ ।

लघुवित्तले गत भदौ४ गते प्रतिकित्ता रु. १०० को दरमा ८६ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा १ हजार कित्ता कर्मचारी र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ, जसअनुसार बाँकी रहेको ८० हजार ७०० कित्तामा सर्वसाधारणले पाउने छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया