रिलायन्स लाइफको आईपीओः अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

५ बर्ष अगाडि

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा ६ लाख ६ हजार ३३१  जनाले आवेदन दिएका छन् । निष्काश मितिको अन्तिम दिन अर्थात् सोमबारसम्म यतिका आवेदकले रु. २ करोड ४१ लाख ३१ हजार ८७० कित्ता शेयरका लािग आवेदन दिएको हो । 
बिक्री प्रवन्धक सानिमा क्यापिटलकाअनुसार बैंक मार्फत भरिएका आवेदन अझै आउन बाँकी छ । 

कम्पनीले गत भदौं ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ६३ लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो ।  

कम्पनीले कुल शेयर कित्ता मध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोष  र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि छुट्टाएको छ । जसअनुसार ५६ लाख ७० हजार कित्ता सर्वसाधारणले पाउने छन् ।
त्यो अनुसार लक्की ड्र मार्फत ५ लाख ६० हजार ७०० जना आवेदकले १०–१० कित्ता शेयर पाउने छन् । अन्य आवेदक भने खाली हातै हुने पक्का भएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया