शोधनान्तर स्थिती २८२ अर्बले नाफामा

५ बर्ष अगाडि

काठमाडौं – अघिल्लो आर्थिक बर्षभर घाटामा रहेको शोधनान्तर स्थिती गत आवमा भने रु. २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा देखिएको छ । अघिल्लो आवमा शोधनान्तरण स्थिती रु. ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । उक्त प्रतिवेदनअनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको छ । 
विशेषगरि लकडाउनका कारण बैदेशिक व्यापारमा कमी आउदा नेपाली पैसा बाहिरीन पाएको छैन । फलस्वरुप शोधनान्तर स्थिती बचतमा आएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया