काठमाडौं – गत आर्थिक बर्षमा नेपालमा विदेशीबाट रु. ८ खर्ब ७५ अर्ब ३ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
यो विप्रेषण अघिल्लो आवको तुलनामा ०.५ प्रतिशतले बढी हो । अघिल्लो आवका ८ खर्ब ८० अर्बको हारहारीमा विप्रेषण आएको थियो ।
कोरोना भाइरसका कारण बैदेशिक रोजगारमा आएको संकटका कारण अघिल्लो आवमा ठुलै मात्रामा विप्रेषण आप्रवाह घट्ने बताइएको थियो । तर, बर्ष अन्त्यसम्म् आउँदा विप्रेषण आप्रवाहमा सोचे जस्तो ह्रास नआएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंककाअनुसार अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । गत आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको
छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
प्रतिक्रिया