२१ अंकले बढयो नेप्से , अन्तिम समयसम्म २ अर्बभन्दा बढीको कारोबार

५ बर्ष अगाडि

आज सोमबार  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा २१.२६ अंकले बढेको  छ ।

 नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा १.५१  प्रतिशतले  उकालो लागेको छ ।

आज ११ बजे १४१३.१० को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दा १४३१.६० को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज  कारोबारमा आएका १२ उपसमूह मध्ये  एउटा  उपसमुह ओरालो लागेको छ ।

अहिले कारोबार भईरहेका १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर २७ हजार ५६६ पटक खरिद विक्री हुदाँ २ अर्ब १३  करोड ९२ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका कम्पनिकमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ३ लाख १५ हजार ३२१ कित्ता शेयर  २ हजार ९१९ पटक खरिद विक्री हुदाँ १९ करोड ३७ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया