काठमाडौं – सोमबार शेयर कारोबार सुरु भएको तेस्रो घण्टासम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्स) को परिसुचक १८.१९ अंकले बढेको छ । आज ११ बजे १४१३.१० विन्दुबाट शेयर कारोबार सुरु भएको थियो । २ बजेसम्म आउँदा त्यो परिसुचक १.२९ प्रतिशतले बढेर १४२८.५३ विन्दुमा पुगेको छ ।
नेप्सेकाअनुसार आज हालसम्म १ अर्ब ५९ करोड ७८ लाखको शेयर कारोबार भएको छ । हालसम्म १७९ कम्पनीको ३४ लाख ७९ हजार ०५७ कित्ता शेयरको २० हजार ४१७ पटक कारोबार भएको छ ।
प्रतिक्रिया