काठमाडौं – नेपाल फाइनान्सको भदौ ११ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको छ । नेपाल फाइनान्सले पछिल्लो ८ आर्थिक बर्षको साधारणसभा एकै पटक गर्न लागेको थियो । तर, कोरोनाको त्रास बढ्दै गएको र सरकारले पनि सभा सम्मेलन गर्न रोक लगाएपछि साधारण सभा स्थगन गरिएकोहो ।
कम्पनीले अर्काे सुचना जारी नभएसम्म साधारणसभा स्थगित हुने बताएको छ । कम्पनीले यसअघि काठमाडौंको एल्लो प्यागोडा होटलमा साधारण सभा गर्ने भनेको थियो । साधारण सभाका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको छ ।
प्रतिक्रिया