समाज लघुवित्तको आईपीओमा पनि आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं – समाज लघुवित्त वित्तिय संस्थाको आईपीओमा पनि आवेदन दिने आज अन्तिम दिन रहेको छ । आईपीओ आवश्यक भन्दा बढी आवेदन परेपछि आइपीओ निष्काशन आज ५ बजेदेखि बन्द गर्न लागिएको हो । 

लघुवित्तले गत भदौ४ गते प्रतिकित्ता रु. १०० को दरमा ८६ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा १ हजार कित्ता कर्मचारी र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ, जसअनुसार बाँकी रहेको ८० हजार ७०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओको निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सिद्धार्थ क्यापिटलकाअनुसार लगानीकर्ताले न्यूनतम १० देखि ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया