रिलायन्स लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम

५ बर्ष अगाडि

काठमाडौं – निषेधाज्ञाको बाबजुत पनि बिक्रीमा ल्याइएको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवश्यक भन्दा बढी आवेदन आएपछि कम्पनीले पहिलो चरणमा नै निष्काशन बन्द गर्न लागेको हो । 
कम्पनीले गत भदौं ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ६३ लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो ।  
कम्पनीले कुल शेयर कित्ता मध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोष  र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि छुट्टाएको छ । जसअनुसार ५६ लाख ७० हजार कित्ता सर्वसाधारणले पाउने छन् । सर्वसाधरणले न्यूनतम १० कित्ता देखि ६३ हजार कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । हिजोसम्म ५ लाख भन्दा बढी लगानीकर्ताले यसमा आवेदन दिएका छन् । 

कम्पनीको आइपीओ निष्काशत तथा विक्री प्रबन्धकमा सानिमा क्यापीटल रहेको छ । कम्पनीको यस आईपीओलार्य ईक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्ने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया