काठमाडौंमा खाद्य वस्तु, दूध, फलफूल तरकारी, माछामासु बिक्री वितरण गर्ने पसल बिहान सवा नौ सम्म खुल्न दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौले विभिन्न गतिविधिहरु गर्न मात्र निषेध गरीएको भन्दै पसलहरु खोल्न सहज पारेको हो ।
जस अनुसार अत्यावस्यक वस्तु र सेवा मध्ये औषधी, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा पनि निर्वाध रुपमा खुल्न पाउने भएका छन् ।
उल्लेखित व्यापार व्यावसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक भौतिक दूरी कायम राख्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्ने लगायतका नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न सरकारले आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासनले भदौ ३ गतेदेखि १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम ३ भदाैदेखि १० गतेसम्म निषेधाज्ञा लगाउनले निर्णय गरेको हो ।
निशेधाज्ञा जारी भएपछि औषधि, खाद्यबस्तु खरिद र अत्यावश्यकीय कामका लागि बाहेक बाहिर निस्कन नपाइने र बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियाे ।
त्यसैगरी अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाउनुका साथै होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द गर्नुपर्ने भनिएकाे छ ।
तर बैंक लगायतका कार्यालयले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिनुपर्ने र नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा जाने कर्मचारीलाई विहान ९ बजेदेखि साढे १० बजेस्म्म र बेलुका ३ देपिख साढे ५ बजेसम्म आवागन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया