काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ संक्रमित फेला

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ संक्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँमा पछिल्लो २४ घन्टामा १२६ नयाँ संक्रमित भेटिएका छन्।

त्यस्तै, भक्तपुरमा गत १२ घण्टामा २८ जना नयाँ संक्रमित भेटिएको र ललितपुरमा २८ जना नयाँ संक्रमित भेटिएको जानकारी पनि डा। गौतमले दिएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन्।

यसअघि शनिबार काठमाडौँ उपत्यकामा २१६ जना नयाँ कोरोना संक्रमित भेटिएका थिए।

५ बर्ष अगाडि

प्रतिक्रिया