नेपालमा गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको र ८१८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१,९३५ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अहिले १३,१५५ जनामा सक्रिय सङ्क्रमण छ।
अहिलेसम्म १८,६३१ जना भाइरसमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
प्रतिक्रिया