नेप्से परिसुचक १२.७७ अंकले बढयो , एक अर्बभन्दा बढीको कारोबार

५ बर्ष अगाडि

आज साताको पहिलो दिन  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा १२.७७ अंकले बढेको  छ ।

कारोबार सुरुबाटै ओरालो त्यसपछि उकालो यात्रा लागेको नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०.९१ प्रतिशतले  उकालो लागेको छ ।

आज ११ बजे १३९१.२९ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १४१०.३४ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज  कारोबारमा आएका १२ उपसमूह मध्ये  ३ वटा उपसमुह ओरालो लागेको छ ।

अहिले कारोबार भईरहेका १८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब १०  करोड ८० लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया