मलेसियामा ४७ नेपाली पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ- मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । 

अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो ।  

मलेसियास्थित नेपाली दुतावासका अनुसार अभियानअन्तरगत साइबरजयाको एक कम्पनीमा छापामार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए ।

मलेसियाले अवैधानिक कामदारका लागि पटक पटक आममाफीको कार्यक्रम सञ्चालन गर्दै आएको छ तर अभियानमा सहभागी नभई अवैधानिक रुपमा बस्ने क्रम नरोकिएपछि मलेसियाले पक्राउ गर्ने अभियान चलाएको हो ।  अाजकाे गाेरखापत्र दैनिकले खबर छापेकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया