कारोबारको दोस्रो घण्टा : समान्य अकंले बढ्यो नेप्से

५ बर्ष अगाडि


आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ४.०९ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै ओरालो त्यसपछि उकालो यात्रा लागेको नेप्से परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा ४ अकंले उकालो लागेको हो ।

आज १४००.११को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४०१.६६ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १४००.११ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.२९ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ वटा मात्र उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७६ कम्पनीको ९ लाख ५९ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ४१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया