आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ३.३९ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुबाटै ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ३ अकंले ओरालो लागेको हो ।
आज १४००.११ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३९४.११ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १४००.११ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.२४ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ४ वटा मात्र उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १५३ कम्पनीको ३ लाख ६१ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १४ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेको इन्सुरेन्स कम्पनिले ६ सय ९४ कित्ता शेयर खरिद विक्री हुदाँ ३ करोड ५४ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया