नवलपरासी एसिड कण्ड : त्रिकोणात्मक प्रेम संबन्धको परिणाम

७ बर्ष अगाडि

 बुटवल-एउटा गीत आएको छ बजारमा ‘मैले बिहे गर्ने केटा तिम्रै मिल्ने साथी हो ...’  माया प्रेम भन्ने कुरा यस्तै छ मानिस चाहन्छ एउटा, आखिर आफ्नो हुन्छ अर्को । सोमबार साँझ पुर्वी नवलपरीमा महिला माथी एसिड र छुरा प्रहार घटनाका पछाडी क्रिकोणात्मक प्रेम सम्वन्धको परिणती देखा परेको छ । कावासोती नगरपालिका वडा नम्वर–१६ हरवासी टोलकी २७ बर्षिया बसन्ती परियारले त्यस दिन दिउँसो करिव ४ बजे सम्म एक महिना अघि बिदेशबाट आएका श्रीमान  प्रकाश भन्ने यमनारायण परियार संग हाँसी मजाक  गर्दै बसेकी थिईन  । सदा झैं गैडाचोक बजारमा सोमबारे बजार लागेको थियो । 

  उनले श्रीमानलाई  तपाई एकछिन घर हेरेर बस्नुस म तरकारी लिएर आउँछु भनिन । उनका श्रीमान प्रकासले हुन्छ भने , उनि बजार गईन । प्रकास श्रीमतिले बजारबाट कति बेला तरकारी लिएर आउँछिन भन्दै उतिै आँखा लगाएर बसेका थिए  । त्यस्तै पाँच बजे हिडेकी मान्छे साँझ करिव ६ बजेको समयमा मामाकी छोरी संगै आउँदै थिईन । बजारबाट करिव ३० मिटर अगाडी आई पुग्दा झाडीमा लुकेर बसेका  छिमेकी ३६ बििर्षय खले बिक भन्ने  बिमल श्रीपालीले एक्कासी कपालमा समातेर उनको मुहार र शरिरमा एसिट छर्किन थाले । लगत्तैै छुरी  प्रहार गर्न सुरु गरे  । उनी चिच्चाएर गुहार माग्थ थालिन ।  साथमा रहेकी बहिनीले छुट्टाउन खोजिन  । उनलाई पनि हात घाईते हुने गरी बिमलले छुरा प्रहार गरे । 
 
 त्यस अघि के भएको थियो ? 
  बिमल श्रीपाली श्रीमतिले संबन्ध विच्छेद गरेर छोरी लिएर माईतीमा बस्दै आए पछि उनि विचलित र उत्श्रृखिल हुँदै आई रहेका थिए । पुर्वी  नवलपसारी जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमति संग सम्बन्ध विच्छेद भए पछि बिमलले बिदेश भएका आफ्नौ साथी प्रकासकी श्रीमति ताक्दै आई रहेका थिए । केहि दिन अघि सम्म विवाहको प्रस्ताव पनि राख्दै आएकोमा बसन्तीले स्वीकार गरेकी थिईनन । एक महिना अघि मलेशियाबाट श्रीमान आए पछि उनिहरुको मेलचाल देखेर आरिसले उनि आक्रोषित हुँदै आएका थिए । 
    
    सउदी अरवमा छँदै देखि बसन्ती संग फोन र फेशबुकमा लभचक्कर चलाएका बिमलले उनि संग विवाह गर्ने सुरु कसेर   घर फर्किएका थिए ।  प्रहरी अनसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार त्यति बेला सम्म  बसन्तीले पनि बिबाह गर्ने मन–पेट बिमललाई दिएको देखिन्छ । तर उनले पछि भने बिबाह गर्न अस्वीकार गरे पछि एसिड र छुरा प्रहार सम्मको हर्कतमा बिमल पुगेको स्पष्ट भएको छ  । 
      केहि दिन अघि आमालाई पनि कुटेर लखटेका थिए 

    श्रीमतिको उपचारका लागि यति बेला भरतपुर अस्पतालमा रहेका बिमलाका श्रीमान प्रकाश संग सम्पर्क राख्दा उनले भने–‘ उ मेरै साथी हो । मेरो दाजु संग जोडिएको घर छ उसको । अँस्ती तिजमा समेत हामी संगै हाँसो मजाक गर्दै खान–पिन गरेर चाड मनाएका थियौ ।  खै , उसको दिमाग के भा’छ कुन्नी आजकल,  अँस्ती उसकी आमालाई समेत बेस्सरी कुटेर घरबाट  भगाएको थियो । बिचरी आमा  छोरीका घरमा गएर बस्नु परेको थियो । मेरी श्रीमति प्रति मैले गलत सोच्नै सक्दिँन ।  डेढ बर्ष भयो मलेशिया गएको । एक पैसा तल माथी नपारी जहाँ खर्च गर्नु भन्छु त्यसैमा खर्च गरेकी थिईन ।
       आमाले दिएको तरकारी खान र श्रीमानलाई खुवाउन पाईनन 
   म आएको एक महिना सम्म एक दिन घर छाडेकी छैनन । कसैका घरमा जाने , कसै संग बोलेको पनि मलाई थाह छैन । १४ बर्ष अघि छिमेकबाटै विवाह भएको हो । १३ बर्षको छोरा ८ बर्षकी छोरी छन । हामी बिच कहिल्लै नराम्रो बचन भएन ।  घरबार राम्रै चलेको थियो । हिजो साँझ तपाई यहि घरको काम गर्नुस् म बजारमा आमा संग केहि तरकारी लिएर आउँछु भनेर गईन । फर्किदै गर्दा बाटोमा लुकेर बसेको खले बिकले ( उनको गाउँघरे नाम ) त्यसरी झम्टे छ । बजारबाट माईजु ( सासु ) ले तरकारी पठाउनु भएको रहेछ , एउटा हातमा तरकारी बोकेकी उनि छलेर भाग्न सकिनन । चिच्चाएर गुहार माग्दा सगै गएकी सालीले छुट्टाउन खोज्दा उनलाई पनि हाने छ । ’
    उनको होस अझै खुलेको छैन 
    प्रकाश गलाअवरुद्ध पार्दै पिडा सुनाउँ छन –‘ उनकोे एउटा आँखा सधैका लागि ड्यामीज हुने भयो । पुरै मुहारमा एसिटले पोलेको छ । तल स्तन र वरी परी पछाडी पनि एसिटले  घाउ पारेको छ । छुराले हान्दा करङ्ग भाँचेर पनि फोक्सोमा समेत चोट परेको छ । अन्द्रां छिनेर डाक्टरहरुले गाँस्दै छन । उनको होस अझै खुलेको छैन । 

 बिमल बसन्त वालसखा देखि प्रेमी प्रेमीका सम्म 
 डण्डा बजारको चोकबाट उक्तर नजिकै हरमासीमा जन्मीएका हुन बिमल र बसन्ती  । उमेर  आठ नौ बर्षको फरक भए पनि छिमेकमा उनिहरु वालसखाका रुपमा रहँदै आएका थिए । हुर्के लगत्तै एकहोरो प्रेममा बिमल चुर्लुम्म डुब्दै आएको बताईन्छ ।  बिदेश छउञ्जेल बिबहा गर्ने बचन दिएको बताईने बसन्तीले पछि आएर धोका दिदै आफ्नै श्रीमान संग चखेवा चखेवीको चाल जस्तै गरेर बस्न थाले पछि विमललाई  असहैय हुँदै आएको थियो  ।  

७ बर्ष अगाडि

प्रतिक्रिया