गएको  २४ घण्टामा कोरोनाबाट थप नौ जनाको मृत्यु

५ बर्ष अगाडि

नेपालमा गएको  २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ।

मृत्यु हुनेमा सुनसरीकी एक ६ वर्षीया बालिका र त्यहीका ६७ वर्षीय पुरुष, पर्साका तीन पुरुष (४८, ५८ र ६१ वर्षीय), बाराका एक ५८ वर्षीय पुरुष, सिराहाका एक ६८ वर्षीय पुरुष, मकवानपुरका एक ५६ वर्षीय पुरुष र भक्तपुरका एक ७३ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया