टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई  २१ लाख, तीन राउण्ड हवाई फायर

७ बर्ष अगाडि

नुवाकोट- ककनी गाउँपालिका–१ कागती गाउँमा टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई रु. २१ लाख क्षतिपूर्ति दिने सहमति भएपछि तीनपीप्ले–सिसडोल सडक खुलेको छ । 
सोमबार साँझ वा ३ ख ३७३० नम्बरको टिपरको ठक्करबाट कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । 
स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरोध गरेकामा टिपरधनीले दिने क्षतिपूर्ति रकममा सहमति भएपछि सडक खुलेको ककनी– १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताए । 
सडक खुलाउने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर बनाउन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेको वडाध्यक्ष बलामीले जानकारी दिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया