नेपालमा कोरोना भाइरसबाट एकै दिनमा ११ जनाको मृत्यु, सङ्क्रमित ३० हजार नाघ्याे

५ बर्ष अगाडि

नेपालमा एकैदिन ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गएको २४ घण्टामा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठान जिल्लामा उनीहरुको मृत्यु भएको हो । 

नेपालमा कोरोना भाइरस संक्रमणका कारण एकै दिनमा ११ जनाको मृत्यु भएको पहिलोपटक हो । यो सँगै कोभिड–१९ बाट नेपालमामृत्यु हुनेको सङ्ख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

त्यस्तै पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ८ सय ३८ जनामा कोरोना भाइरसका नयाँ संक्रमित फेला परेको उनले जानकारी दिए । 

सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका सबैभन्दा धेरै १८२ जना छन् । काठमाडौंमा १४२, ललितपुरका २५ र भक्तपुरका १५ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै पर्सामा ८०, जुम्लामा ५३, मोरङमा ४५, बारामा ४० जना नयाँ संक्रमित फेला परेका छन् ।  

पछिल्लो तथ्यांकसँगै कोरोना भाइरस संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको डा. गौतमले बताए । संक्रमित मध्ये १२ हजार १ सय ३२ जनामा सक्रिय सङ्क्रण छ । 

सक्रिय सङ्क्रमितमध्ये १ सय ३३ जना सघन उपचार कक्षमा र काठमाडौंमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

त्यस्तै सङ्क्रमितहरूमध्ये ३ हजार ५ सय ८६ जना घरमै र बाँकी ८ हजार ५ सय ४६ जना विभिन्न अस्पताल तथा समुदायका आइसोलेशनमा छन् । 

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया