मिर्मिरे र नागबेलीको एकीकृत कारोबार आइतबारदेखि

५ बर्ष अगाडि

काठमाडौं – मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त वित्तिय संस्थाको एकीकृत कारोबार आइतबारदेखि हुने भएको हो । उक्त लघुवित्तले संयुुक्त रुपमा सुचना जारी गर्दै आइतबारदेखि संयुक्त कारोबार हने जानकारी दिएका हुन । 

काभ्रेपलान्चोकमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले झापाको नागबेली लघुवित्त प्राप्त गरि एकीकृत कारोबार गर्न लागेको हो । यसका लागि दुवै वित्तिय संस्थागतले गत असार २० गते विशेष साधारण सभा पनि गरिसकेका छन । मर्जपछि मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार गरिने छ । 

नेपाल राष्ट्र बैंकले एकीकृत कारोबारका लागि साउन २५ गते अनुमति दिएको थियो । यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ ३ गते अन्तिम स्वीकृती दिएको थियो । त्यसपछि उनीहरुले एकीकृत कारोबार गर्न लागेका हुन् । उनीहरुको केन्द्रिय कार्यालय मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नं. ८, बनेपाबजारमा हुने बताइएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया