१८ बीमा कम्पनी उठाए साढे २५ अर्ब बीमाशुल्क, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं – गत आर्थिक बर्षमा १८ निर्जीवन बीमा कम्पनीले रु. २५ अर्ब ५१ करोड २४ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । २० मध्ये १८ निर्जीवन बीमा कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथौ त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
बीमा कम्पनीहरूले संकलन गरेको यो बीमाशुल्क अघिल्लो आवको भन्दा ६ दशमलव ६५ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त कम्पनीहरुले २३ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थिए । 
बीमाशुल्क बढेपनि  बद्धिदर भने घटेको छ । अघिल्लो आवमा कम्पनीहरुको बीमाशुल्क संकलन १७ प्रतिशतले बढेको  थियो । तर, अहिले त्यो एकल अंकमा खुम्चिएको छ । बिशेषगरि कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीको प्रभावले बीमाशुल्क संकलन बृद्धिदर खुम्चिएको हो ।
हालसम्म भारतीय स्वामित्वको दि ओरियण्टल र नेशनल इन्स्योरेन्सले भने यस्तो वित्तिय विवरण सार्वजनिक गरेका छैनन् । 
बीमाशुल्क संकलन गर्ने कार्यमा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त कम्पनीले रु. ३ अर्ब ५२ करोड १६ लाख बीमाशुल्क संकलन गरेको छ । यस्तै, सगरमाथा इन्स्योरेन्सले रु. २ अर्ब १९ करोड बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले रु. २ अर्ब ७ करोड ३६  लाख बीमा शुल्क संकलन गरेको छ । 
समिक्षा अवधीमा हिमालय जनरलको ५.११ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ५.१७ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको  १०.८७ प्रतिशत, प्रुडेन्सियल  इन्स्योरेन्सको १७.२१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१३ प्रतिशतले बीमाशुल्क संकलन घटेको छ । 

१८ बीमा कम्पनी उठाए साढे २५ अर्ब बीमाशुल्क, कुनको कति ?

५ बर्ष अगाडि

प्रतिक्रिया