काठमाडौं – एनआरएन लघुवित्त वित्तिय संस्थाको ४९ औं बार्षिक साधारण सभा आगामी भदौं २० गते हुने भएको छ । उक्त दिन धनगढीको होटल साथीमा बिहान ११ बजे साधारण सभा बस्ने बताइएको छ ।
कम्पनीले साधारण सभामा सर्वधारणलाई पुनः शेयर अर्थात् एफपीओ जारी गर्ने प्रस्ताव लैजाने छ ।
यस्तै, संस्थाको प्रवन्धपत्र नियमावली पनि संसोधन गर्ने प्रस्ताव लैजाने बताइएको छ ।
यस्तै, मर्जर पश्चात कायम रहेने एनआरएन लघुवित्त वित्तिय संस्थाको आगमी ४ बर्षे कार्यकालका लागि ४ जना संस्थापक र २ जना सर्वसाधारण तर्फको गरि ६ जनाको सञ्चालक चयन गर्ने । साथै, कम्पनीको कर्पाेरेट कार्यलय काठमाडौंमा राख्ने प्रस्ताव पनि सभामा लैजाने बताइएको छ ।
यस्तै, यस अघि संस्थामा गाभिएका किसान माइक्रो फाइनान्स वित्तिय स.स्था र दिव्य लघुवित्त वित्तिय संस्थासँगको मर्ज अनुमोदन गर्ने जस्ता प्रस्ताव पनि सभामा पेश गरिने छ ।
प्रतिक्रिया