प्रुडेन्सियल इन्स्योरेन्सको एजीएम भदौ २६ गते, सर्वसाधारण शेयरको हिस्सा बढाइदैं

५ बर्ष अगाडि

 काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सको १८ औं बार्षिक साधारणसभा भदौ २६ गते हुुने भएको छ । भदौ २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा बिहान ११ बजे साधरण सभा बस्ने बताइएको छ । सभामा आव २०७५÷७६ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन पारित गरिने छ । यस्तै, सोही आवको लेखा परिक्षण सहितको प्रतिवेदन पारित गर्ने प्रस्ताव गरिएको छ । 
यस्तै, विशेष प्रस्तावको रुपमा कम्पनीको सर्वसाधारण शेयर हिस्सा बढाउने रहेको छ । हाल कम्पनीमो सर्वसधारणको  शेयर हिस्सा २० प्रतिशत छ, अब त्यसलाई ४० प्रतिशत पुर्याइने छ । साथै, संस्थापकको हालको ८० प्रतिशत हिस्सालाई ६० प्रतिशतमा झारिने  प्रस्ताव गरिएको छ । 
साधारण सभाका लागि भदौ १२ गतेदेखि २६ गतेसम्म कम्पनीको शेयर दाखिला, खारेज तथा दर्ता बन्द गरिने बताइएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया