गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको र ७०७ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कोरोना बाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २९,६४५ पुगेको छ।
अहिले देशभरि ११,५५५ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिए।
सङ्क्रमितहरूमध्ये ३,७७२ जना घरमै र बाँकी ८,०८३ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।
प्रतिक्रिया