काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा थप २ सय जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०० जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन्।
बुधबार काठमाडौँ उपत्यकामा १५९ जना संक्रमित थपिएका थिए।
प्रतिक्रिया