नेप्से परिसुचक अन्तिम समयसम्म आइपुग्दाँ ६.२८ अंकले बढयो

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ६.२८ अंकले बढेको  छ ।

कारोबार सुरुबाटै ओरालो लागेको नेप्से परिसूचक  अन्तिम सम्म आउँदा ०.४५ अकंले प्रतिशतले बढेको हो  ।

आज ११ बजे १३९१.२९ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १३९७.५७ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज  कारोबारमा आएका १२ उपसमूह मध्ये  एउटा उपसमुह ओरालो लागेको छ ।

अहिले कारोबार भईरहेका १८२ कम्पनीको १२ लाख १४ हजार ५१४ कित्ता शेयर खरिद विक्री हुदाँ ३९ करोड ३१ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया