काठमाडौं – उपत्यकामा निषेधाज्ञा जारी गरिएपनि समाज लघुवित्त वित्तिय संस्थाको आईपीओको आजदेखि बिक्री खुल्ला गरिएको छ ।
पुर्व निर्धारित मितिअनुसार नै उक्त लघुवित्तको आईपीओ बिक्री खुल्ला गरिएको हो । लघुवित्तले प्रतिकित्ता रु. १०० को दरमा ८६ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।
त्यसमा ढिलोमा भदौ ८ र छिटोमा भदौ १८ गतेसम्म बिक्री खुल्ला गरिने छ ।
लघुवित्तले कुल शेयर मध्ये १ हजार कित्ता कर्मचारी र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ, जसअनुसार बाँकी रहेको ८० हजार ७०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओको निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।सिद्धार्थ क्यापिटलकाअनुसार लगानीकर्ताले न्यूनतम १० देखि ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया