काठमाडौं – निषेधाज्ञाको बाबजुत पनि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आजदेखि बिक्रीमा आएको छ । कम्पनीले पुर्व निर्धारित मितिअनुसार नै आजदेखि आईपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६३ लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । उक्त आईपीओ छिटोमा भदौं ९ गतेसम्म आवेदन दिन सकिने छ । ढिलोमा भने भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले कुल शेयर कित्ता मध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोष र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि छुट्टाएको छ । जसअनुसार ५६ लाख ७० हजार कित्ता सर्वसाधारणले पाउने छन् । सर्वसाधरणले न्यूनतम १० कित्ता देखि ६३ हजार कित्तासम्म आवेदन दिन सकिने बताइएको छ ।
उपत्यकामा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । तर, पनि लगानीकर्ताले मेरो शेयर सफ्टवेयरबाट आईपीओ भर्न सक्ने बताइएको छ । प्राथमिक बजार पुर्ण प्रविधि मैत्री बनिसकेकले निषेधाज्ञाले केही असर नगर्ने बताइएको छ ।
कम्पनीको आइपीओ निष्काशत तथा विक्री प्रबन्धकमा सानिमा क्यापीटल रहेको छ । कम्पनीको यस आईपीओलार्य ईक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
आईपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्ने छ । अब आवश्यक तयारी गरेर आईपीओ निष्काशन गर्ने कम्पनीको तयारी छ।
प्रतिक्रिया