आलोपालो खुल्ने भनेका काठमाडौंमा कुनै पनि बैंक आज नखुल्ने, कर्मचारीहरुलाई प्रहरीले रोकेको आरोप

५ बर्ष अगाडि

निषेधाज्ञामा आलोपालो खुल्ने भनेका काठमाडौंका बैंक आज नखुल्ने भएका छन् । 

नेपाल बैंकर्स संघले कर्मचारीहरुलाई प्रहरीले रोकेको भन्दै आज बैंकका शाखा नखोल्न निर्देशन दिएको नेपाल  बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । 

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले उपत्यकाका तीनै जिल्लामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेपछि  कार्यान्वयन गराउन सडकमा खटेका प्रहरीले पास विना सञ्चालन भएका गाडी रोकेका छन् । 

समयमा पास नबनाएका बैंकका कर्मचारीहरु बाटैमा रोकिएपछि बैंकर्सहरु रिसाएर बैंक नखोल्ने घोषणा गरेका हुन् । 

निशेधाज्ञाको समयभरी बैंकहरुले काठमाडौंमा सबै बैंकका पाँच वटा शाखा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ÷आठ वटा शाखा खोल्ने निर्णय गरेका थिए ।  

त्यसका लागि बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको भएपनि बिहान बैंक खोल्न जान लागेकाहरुलाई प्रहरीले रोकेको बैंकर्सहरुको भनाई छ । 

तर निषेधाज्ञा कार्यान्यन गराउन फिल्डमा खटेको प्रहरी र सडकमा खटेको ट्राफिक प्रहरीले भने  माथिको आदेश बमोजिम काम गरिरहेको बताएका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया