निषेधाज्ञाले आज बिहानैदेखि काठमाडौं सुनसान

५ बर्ष अगाडि

कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि निषेधाज्ञा जारी भएपछि आज बिहीबार बिहानैदेखि काठमाडौं उपत्यका सुनसान भएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा बजार पसलहरु खुलेका छैनन भने सर्वसाधारण पनि घरबाहिर निस्केका छैनन् । 

सडकमा पानी, दुध तथा अत्यावस्यक सामग्री बोकेका गाडी र एम्बुलेन्समात्र गुडेका छन् । सवारीसाधन नगुडेपछि सडक सुनसान छ भने बजार र पसलहरु पनि बन्द भएपछि मानिसको चहलपहल शून्य छ । प्रहरीले निषेधाज्ञाको सूचना दिँदै हिँडेको छ । 

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको हो । 

यो अवधिसम्म उपत्यका बाहिरका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रनसमेत निषेध गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन नपाइने र निस्किएको पाइए कानुनअनुसार कारबाही अघि बढाइने बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया