भोलीदेखि लागू हुने निषेधाज्ञाको समयमा पनि काठमाडौं, ललितपुर र भक्तपुरमा सबै बैंक तथा वित्तिय संस्थाहरु भने बन्द नहुने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको समयमा न्यूनतम कर्मचारी राखेर आलोपालो नजिकका शाखाहरू सञ्चालन गर्ने तयारी गरेका हुन् ।
निषेधाज्ञामा पनि पनि अत्यावश्यक सेवा बन्द नहुने भएकोले बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारी राखेर आलोपालो नजिकका शाखा सञ्चालन गर्ने जनाएका छन् ।
तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीहरूको मंगलबारको बैंठकले भदौ ३ गते राती १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपनि बैंक तथा वित्तीय संस्थाको हकमा मर्चुअल तथा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभएमा मात्र न्यूनतम कर्मचारी बोलाएर सेवा दिन आग्रह गरेको थियो ।
कोरोना भाइरसको संक्रमण बढेपछि अहिले पनि अधिकांश बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत मात्र कर्मचारी बोलाएर सेवा दिइरहेका छन् ।
कोरोना भाइरसको संत्रमण बढी देखिएका कतिपय शाखा कार्यालयहरू बन्द भएका छन् । तर, उपत्याका हकमा भने निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था बीमा सेवा पूर्ण रुपमा बन्द भने हुने छैन ।
प्रतिक्रिया