निषेधाज्ञाको समयमा पनि शेयर बजार बन्द नहुने भएको छ । नेपाल धितोपत्र बोर्ड बुधार अर्थमन्त्रालयमा गरेको छलफलपछि शेयर बजार खोल्ने निष्कर्षमा पुगेको अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।
यसअघि नै ठूलो अवरोध नआएसम्म शेयर बजार बन्द नहुने निर्णय गरिएकोले ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने उनको भनाइ छ ।
तर भोलीको कारोबार रकमलगायतको अवस्थालाई हेरेर थप निर्णयमा पुग्ने बोर्डले जनाएको छ ।
यसअघि लकडाउनमा नेप्से ९८ दिन बन्द हुँदा कारोबार गर्न नपाएका लगानीकर्ता यसपटक शेयर बजार बन्द गर्न नहुने पक्षमा उभिएका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले भदौ ३ गते राती १२ बजेदेखि २० गते सम्मका लागि निषेघाज्ञा जारी गरेका छन् ।
मंगलबार विश्व्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेको भन्दै तीन जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको थियो ।
प्रतिक्रिया