उपत्यकामा गएको २४ घन्टामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा गएको २४ घन्टामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा १५९ जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन्।

मंगलबार काठमाडौँ उपत्यकामा २०५ जना संक्रमित थपिएका थिए।

बुधबार देशभर ६८१ जनामा कोरोना पुष्टि भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया