पछिल्लो २४ घण्टामा छ जनाको मृत्यु , ६८१ नयाँ सङ्क्रमित

५ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको र ६८१ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,९३८ पुगेको छ।

अहिले देशभरि ११,११८ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिए।

५ बर्ष अगाडि

प्रतिक्रिया